arrow

आयरल्याण्ड वोल्भ्समाथि नेपालको सहज जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
nepal-irelanda-24-03-25a.jpg

काठमाडौँ । नेपालले टी–२० क्रिकेट आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै पूरा गरेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले अविजित ३७, सन्दीप जोराले ३६, दिपेन्द्र सिंह ऐरीले अविजित २० तथा आसिफ सेखले १६ रन बनाए ।

यसअघि खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै आयरल्याण्डलाई १२१ रनमै रोकेको थियो । आयरल्याण्डले सबै विकेट गुमाएर २० ओभरमा १२१ रन बनाएको हो । स्टेफेन डोहेन्रीले ३९ बलमा ४६ रन जोडे । 

नेपालका लागिकुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले समान २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिए । 

नेपाली राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग सोमबार र मंगलबार गरी दुई टी–२० खेल खेल्दैछ । 

त्यसपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डशिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय श्रृंखला हुने छ ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डशिप कप खेल लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ