arrow

नेपालले आयरल्याण्डलाई दियो १९९ रनको चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
nepal-ireland-kushal.jpg

काठमाडौँ । नेपालले टी–२० क्रिकेटको दोस्रो तथा अन्तिम खेल जितका लागि आयरल्याण्ड वोल्भ्स (आयरल्याण्डको ए टिम) लाई १९९ रनको चुनौती दिएको छ । कीर्तिपुर मैदानमा नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १९८ रन बनायो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रन बनाए । उनले ३२ बलको सामना गर्दै ४ छक्का र १ चौका हानेका थिए । त्यस्तै कुशल मल्लले आक्रामक खेल्दै ४ छक्का र १ चौकाकै मद्धतले १३ बलमा ३४ रन बनाए । 

कप्तान रोहित पौडेलले २४ बलमा ३३, कुशल भुर्तेलले १६ बलमा २५ तथा सन्दीप जोराले १० बलमा २१ रन बनाए । 

आसिफ शेखले ११, अनिल साहले १२ तथा विशाल यादवले अविजित रहँदै ७ रन बनाए । आयरल्याण्डका म्याथ्यु फोस्टरले ३ तथा बेन ह्वाइटले २ विकेट लिए । 

यसअघि सोमबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै पूरा गरेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले अविजित ३७, सन्दीप जोराले ३६, दिपेन्द्र सिंह ऐरीले अविजित २० तथा आसिफ सेखले १६ रन बनाए ।

यसअघि खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै आयरल्याण्डलाई १२१ रनमै रोकेको थियो । आयरल्याण्डले सबै विकेट गुमाएर २० ओभरमा १२१ रन बनाएको हो । स्टेफेन डोहेन्रीले ३९ बलमा ४६ रन जोडे । 

नेपालका लागिकुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले समान २–२ विकेट लिए । करण केसी र कुशल मल्लले १–१ विकेट लिए । 

यो खेलपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी–२० फ्रेन्डशिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय श्रृंखला हुने छ ।

नेपालले आगामी टी–२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डशिप कप खेल लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ