arrow

भूकम्प पीडितलाई मनसुनभन्दा अघि नै राहत 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
earthquake-jajarkot-rukum-2023-2080.jpg

काठमाडौँ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु हुनु अगावै भूकम्प पीडितलाई राहत वितरण गरिने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार भएको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले मनसुन सुरु हुनु अगावै राहत वितरण गरिने बताएका हुन्  ।

 उक्त समितिको बैठकमा उपस्थित प्रतिनिधिसभा सदस्यहरुले भूकम्प पीडितले राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन गृहमन्त्री समक्ष अनुरोध गरेका थिए । 

उनीहरुको अनुरोधलाई स्वीकार गर्दै मन्त्री लामिछानेले मनसुन सुरु हुन अगावै राहत वितरणको कार्य अगाडि बढाइसक्ने प्रतिबद्धता जनाएका हुन्

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामीडाँडा केन्द्रविन्दु भएर गत १७ कात्तिकको राति ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम जिल्लाका बासिन्दा प्रभावित बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ