arrow

विश्वव्यापी मुद्दाहरूमा छलफल गर्दै युक्रेनका विदेशमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
russia-ukraine-war-bakhmut.jpg

काठमाडौँ । आज युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्ना भारतीय समकक्षी एस जयशङ्करसँग नयाँ दिल्लीमा भेट गर्दैछन् ।

युक्रेनका विदेशमन्त्रीले ‘विश्वव्यापी मुद्दाहरूमा’ छलफल गर्न बिहीबार भारतको दुई दिवसीय भ्रमणमा छन् । 

उनले भारतका उपराष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि वार्ता गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ । 

भारतले अमेरिकासँग अधिक सुरक्षा सम्बन्धलाई अगाडि बढाए पनि युक्रेनमाथि आक्रमणका लागि रुसको स्पष्ट निन्दा गर्न सावधानी अपनाएको छ ।

नयाँदिल्ली र मस्कोबीच शीत युद्धको समयदेखिको सम्बन्ध रहेको छ र रुस अहिलेसम्म विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको मुलुक भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता बनेको छ । 

युक्रेनका विदेशमन्त्री कुलेबाले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा सहयोगबारे छलफल गर्ने नयाँदिल्लीले बताएको छ । 

युक्रेनमाथि आक्रमणपछि करोडौँ ब्यारेल रुसी कच्चा तेल खरिद गरेर प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई सस्तोमा तेल उपलब्ध गराएका छन् । 

भारतीय प्रधानमन्त्री मोदीले यसै महिना पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिँदै र ‘विशेष’ सम्बन्धलाई विकसित गर्नका लागि सम्बन्धहरूलाई प्रवर्द्धन गर्न आफू उत्सुक रहेको बताएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ