arrow

करोडौँमा बिक्यो टाइटानिकमा नायिका बचाउने ढोका 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
titanik-movie.jpg

काठमाडौँ । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘टाइटानिक’ रिलिज भएको २६ वर्षपछि पनि यस फिल्मबारे अहिले पनि विभिन्न कोणबाट चर्चा हुने गर्दछ ।

सन् १९९७ मा रिलिज भएको यस फिल्ममा लियोनार्डो डिक्याप्रियोले ज्याक डसनको मुख्य भूमिका निभाएका थिए भने केट विन्सलेटले रोज डासनको मुख्य भूमिका निभाएकी थिइन् ।

हालै फिल्ममा प्रयोग गरिएका ढोकाहरूको लिलामी गरिएको छ । फिल्मको क्लाइमेक्स सिनमा रोजले टाइटानिक डुबेपछि काठको ढोकाको सहायताले आफ्नो जीवन बचाउँछिन् । हालै फिल्ममा प्रयोग गरिएको सोही ढोका लिलामीमा ७ लाख १८ हजार ७५० डलरमा बिक्री भएको थियो ।

हलिउड रिपोर्टरका अनुसार, लिलामीको समयमा धेरै फ्यानहरूले यो केवल काठको प्यानल ढोका भएको र फिल्म निर्माणका लागि बनाइएको सोचेका थिए । यद्यपि हेरिटेज अक्सन ट्रेजर्सले यो ढोका वास्तविक टाइटानिकको प्रथम श्रेणीको लाउन्ज प्रवेश द्वारको माथि अवस्थित रहेको जानकारी दिएको छ ।

यसबाहेक फिल्ममा रोजको भूमिका निभाएकी अभिनेत्री केट विन्सलेटले लगाएको शिफन पोशाक पनि लिलामी गरिएको छ । यो एक लाख २५ हजार डलरमा बिक्री गरिएको छ ।

हेरिटेज अक्सनले टाइटानिक फिल्मका यी सामाग्रीको अक्सनबाट कुल ८ लाख ४३ हजार ७५० डलर संकलन गरेको बताएको छ । अर्थात् टाइटानिकमा प्रयोग भएको ढोका र अभिनेत्री केटको ड्रेसलाई नेपाली रुपैयाँ ११ करोड २५ लाख ३४ हजार ८१८ मा बिक्री गरिएको छ ।  

सन् १९९८ को ओस्कार अवार्डमा टाइटानिकले १४ वटा मनोनयनमध्ये ११ अवार्ड जितेको थियो। यो जेम्स क्यामरुनको अवतार, अवतारः द वे अफ वाटरु र एभेन्जर्सस् एन्डगेमपछि विश्वमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ