arrow

लम्साललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
cabinet-80-12-15.jpg

काठमाडौँ । सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो। 

डा लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम (कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ