arrow

इलाममा रास्वपाको उम्मेदवारी घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
swatantra-party-canidet-ilam.jpg

काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले उम्मेदवारी घोषणा गरेको छ । 

शनिवार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो । 

पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरे । 

कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे । उनले परिवर्तनको घण्टी बजिसकेको बताए ।

उनले इलामले परिवर्तन खोजेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ