arrow

उच्च मूल्यमै स्थिर बस्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौंँ । नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ। यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । 

शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ