arrow

काम देखाउन बाँकेमा सशस्त्रको फण्डा, घुमुवा निरन्तर [भिडियो]

logo
सौरभ गिरी, 
प्रकाशित २०८० चैत १८ आइतबार
apf-banke.jpg

नेपालगञ्ज । बाँकेमा सशस्त्र प्रहरीले आफ्नो काम देखाउन नियन्त्रणमा लिए भन्दा बढी सामान देखाएको पाइएको छ । सरकारले सुरक्षाकर्मीका घुमुवा खारेज गरे पनि बाँकेमा घुमुवा राखेरै सामान बरामद गरी बरामद भन्दा बढी देखाएको पाइएको हो । 

नेपालगञ्ज -१३ बुलबुलिया इटा भट्टा नजिकबाट साहिल र छङ्गा नाम गरेका दुई युवक दुई वटा साइकलमा कुर्ता बेच्न गाउँतिर गएकामा सशस्त्र प्रहरीका दुई घुमुवा आएर उनीहरुलाई नियन्त्रणमा लिएका थिए ।

सशस्त्रका घुमुवा डिल्ली र हर्के थापाले उनीहरुलाई नियन्त्रणमा लिएर पहिला बरामद गरेको अन्य सामग्री र उनीहरुबाट बरामद भएको एक लाख रुपैयाँलगायत अन्य थप ४ लाख ३२ हजार जोडेर ५ लाख ३२ हजार बनाएर काम देखाउन भन्सारमा बुझाएको पाइएको हो । 

ती पक्राउ परेकाले आफूहरुले २ वटा साइकलमा करिब एक लाखको सामान ल्याएको तर सशस्त्र प्रहरीले अरु सामान पनि आफूहरुले नै ल्याएको देखाएको बताएको जनाए । 

भन्सारको मुद्दा शाखाका एक कर्मचारीले पनि सशस्त्रले ल्याएको मुद्दा आफूहरुले दर्ता गरेको बताए । 

सशस्त्रका एसपी विमल डाँगीले काम देखाउन हुँदै नभएको सामान देखाएको आरोप छ । बाँकेका अन्य नाकाबाट सशस्त्रका घुमुवाले पैसा उठाइरहेकोसमेत सूचना आएको छ।

सशस्त्रका एसपी विमल डाँगी

उनीहरुलाई नियन्त्रणमा लिँदासमेत त्यति धेरै सामान नल्याएको स्थानीयले बताएका छन् । नियन्त्रणमा लिइएका दुवै युवकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँके लिएर गएको छ।



नयाँ