arrow

रोनाल्डोको ह्याट्रिकमा अल नासरको आठ गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
ronaldo-24-04-03.jpg

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अभाविरुद्ध फराकिलो जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा अल नासरले अभालाई ८–० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । साउदी लिगमा रोनाल्डोको यो लगातार दोस्रो ह्याट्रिक हो ।

त्यस्तै अब्दुलाजिज अल अलिवाले २ तथा साडियो माने, अब्दुल्माजीद अल सुलैहीम र अब्दुल रहमान घरीबले एक–एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको साउदी लिगमा २६ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शीर्ष स्थानमा रहेको अल हिलाल भन्दा १२ अंकले पछाडि रहेको छ ।

त्यसैगरी अभाको भने २६ खेलमा २२ अंक छ र लिगमा १७ औँ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ