arrow

गगनचुम्बी यात्रामा सुन, इतिहासमै आज सबैभन्दा महँगो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सुनको मूल्य आकाश छुने यात्रामा तीव्र गतिले अगाडि बढेको छ । सन् २०२४ मै नेपाली बजारमा प्रतितोला दुई लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिएको सुनको मूल्य तीव्र गतिमा बढ्दै गएको हो । 

सो क्रममा बुधबार इतिहासकै अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार आठ सय रुपैयाले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको छ । 

मंगलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा मंगलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा बुधबारका लािग एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ तोकिएको छ । 

चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार एकैदिन ६५ रुपैयाँले बढेर एक हजार छ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ