arrow

सुनको माग दैनिक ५ किलोमा झर्‍यो, मूल्य एक लाख ३४ हजार

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौं । सुनको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधवार यो मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ थियो । 

त्यस्तै, तेजाबी सुनको मूल्य तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँले नै बढेको छ । आज चाँदीको मूल्य ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ६५० रुपैयाँ पुगेको छ। मूल्य पनि अहिलेसम्मकै उच्च हो । 

अहिले अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको भाउ दिनप्रतिदिन बढिरहेको छ । भारत, चीन जस्ता मुलुकहरूका केन्द्रीय डलरको अन्तर्राष्ट्रिय प्रभाव घटाउन सुनको भण्डारण बढाएसँगै विश्व बजारमा मूल्य आकासिएको हो । पछिल्लो समय भने अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले ब्याजदर घटाउने लागेको हल्लाबीच समेत मूल्य आकासिएको बताइन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस दुई हजार तीन सय अमेरिकी डलर पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य विश्व बजारको परिदृश्य हेर्दा २०२४ को अन्त्यसम्ममा सुन प्रतितोला २ लाख नाघ्नसक्ने बताउँछन् । सुनको मूल्य बढेको र सिजन पनि नभएको कारण अहिले सुनको कारोबार ठप्पजस्तै छ । अहिले देशभर भएका सुन पसलबाट दैनिक ५ किलो बजारको सुन मात्रै बिक्री हुने गरेको महासङ्घले जनाएको छ ।

यअसघि नेपालमा दैनिक २० किलोसम्म सुनको माग हुन्थ्यो । राष्ट्र बैङ्कले सुनमा कोटा निर्धारण गर्दा व्यवसायीहरूले बढाउने माग गर्दै आएका थिए । सिजनमा त ३० देखि ४० किलोसम्म हुने गरेको कारोबार अहिले ८० प्रतिशतसम्मले कममा झरेको व्यवसायीहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ