arrow

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजार तीन सयले ओरालो लागेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट देखिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार तीन सयले ओरालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३३ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३२ हजार ५० निर्धारण भएको हो ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय १५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार छ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा रु ३५ ले घटेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ