- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दोलखा। नेपालको स्विट्जरल्याण् को उपनामले परिचित दोलखाको जिरी महोत्सव उद्घाटन समारोहमा देखिएको जिरीको मौलिक झाकी र्याली। स्थानीय कला र संस्कृतिलाई जोड दिँदै दोस्रो जिरी महोत्सव सुरु भएको छ। झाकी र्यालीमा जिरेल, नेवार , सुनुवारहरूको प्रस्तुति थियो।
भौगोलिक हिसाबले काठमाडौँबाट १८८ किमी र सदरमुकाम चरिकोटबाट ५६ किमी टाढा रहेको जिरी समुन्द्री सतहदेखि १७०० मिटरदेखि ३२९६ मिटर उचाइमा फैलिएको छ।
पूर्व र दक्षिणतर्फ गोकुलगंगा गाउँपालिका, पश्चिमतर्फ वैतेश्वर गाउँपालिका उत्तरतर्फ गौरीशङ्कर गाउँपालिका रहेका छन्। दोलखा तथा पूर्वी जिल्लाहरूको पुरानो व्यापारिक केन्द्र जिरी पर्यटकीय रूपमा सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जीड नोर्गे शेपाले सगरमाथाको सफल आरोहण गरेपछि सगरमाथाको प्रवेशद्वारको रूपमा ख्याति कमाएको हो।