arrow

अभिलेखहरूको क्षति पुर्‍याए तीन वर्ष कैद र जरिवानाको प्रस्ताव [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
jariwana-prastab.jpg

काठमाडौँ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरूको क्षति पुर्‍याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको जरिवानाको प्रस्ताव गरिएको छ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको हो । शुक्रबारबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा शुरु भएको छलफलका क्रममा समितिको बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले उनले विद्युतीय रेकर्डलाई पनि अभिलेखको रूपमा राख्ने विधेयकको उद्देश्य रहेको बताए । 

अभिलेखहरूको क्षति पुर्‍याउँदा ५ हजारसम्मको जरिबाना र ३ वर्षसम्मको कैद सजाय हुने गरेकोमा प्रस्तावित विधेयकमा कैदलाई ३ वर्ष नै कायम गरिएको र जरिबानालाई १ लाखसम्म पुर्‍याउने प्रस्ताव गरिएको बताए । अभिलेख संरक्षण ऐन, २०४६ पुरानो ऐन भएकाले समयानुकूल बनाउन परिमार्जन गर्न लागिएको बताए । उनले सरकार सङ्घीयतामा गएपछि तीन तहकै सरकारले गरेका कामहरूलाई अभिलेखको रूपमा व्यवस्थित गर्ने प्रयोजनका लागि कानूनी व्यवस्था गर्न परिमार्जन गर्न लागिएको बताए । 

उनले सङ्घ, प्रदेश र स्थानीय तहका अभिलेखहरू संरक्षण गर्ने कानूनी व्यवस्था गर्न यो ऐनलाई संशोधनको प्रस्ताव ल्याइएको बताए । उनले यो ऐनले तत्कालीन प्रदेश र स्थानीय सरकारले गरेका कामहरू र अभिलेखलाई संरक्षण गर्ने कानूनी व्यवस्था गर्न लागिएको बताए ।
 
बैठकमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभाले पारित गरेको विधेयकमाथि समितिले छलफलको आवश्यकता महसुस गरेर परिमार्जन गर्नुपर्ने हिसाबले छलफल हुनु सकारात्मक भएको बताए । उनले स्पष्ट नभएका विषयवस्तुहरूलाई स्पष्ट पार्ने काम पनि छलफलमा भएको जिकिर गरे । उनले राष्ट्रिय सभाको संशोधनले र प्रतिवेदनमा उल्लेख भएका कुराहरूले अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन की भन्ने भावका साथ विषयवस्तुले प्रवेश पाउनु स्वागतयोग्य भएको बताए । 

उनले भने, ‘राष्ट्रिय सभाले पारित गरेको विधेयकमाथि पनि हाम्रो यो समितिले छलफलको आवश्यकता महसुस गरेर यसलाई अझै परिमार्जन गर्नुपर्ने हुन्छ की ? भन्ने हिसाबले जुन किसिमले छलफल भइरहेको छ, त्यो धेरै सान्दर्भिक, महत्त्वपूर्ण छ । छलफल पनि शानदार ढङ्गले चलिरहेको छ । स्पष्ट नभएका विषयवस्तुहरूलाई स्पष्ट पार्नुपर्छ भन्ने भावका साथ चलेको छ । कतिपय कुराहरू राष्ट्रिय सभाको संशोधनले पनि र त्यसको प्रतिवेदनमा उल्लेख भएका कुराहरूले पनि अहिलेको आवश्यकता र सन्दर्भलाई समेट्न सक्दैन की भन्ने भावका साथ जुन खालले विषयवस्तु प्रवेश भएका छन् । त्यो राम्रो छ ।’

बैठकमा बोल्दै सांसद प्रेम सुवालले राष्ट्रिय अभिलेखालयलाई सल्लाह दिने सल्लाहकार समितिमा सबै सचिव, सहसचिव मात्रै हुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सल्लाहकार समितिमा समानुपातिक, समावेशीका लागि बाहिरको सल्लाहकार समिति बनाउन आवश्यक रहेको बताए । सल्लाहकार समितिको संरचना नै परिवर्तन गर्न जरुरी रहेको बताए । उनले सबै समुदायका विशेषज्ञहरूको सल्लाहकार समिति बनाइनुपर्ने माग गरे । 

समितिको बैठकमा सांसदहरूले सांस्कृतिक र पुरातात्त्विक सम्पदाहरूको अभिलेखहरू पनि संरक्षण र व्यवस्थापन गर्न आवश्यक रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ