arrow

रविले ताण्डव नृत्य देखाइरहेको प्रकाशमानको आरोप

कांग्रेस अरू पार्टीहरू जस्तो होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
prakash-man-shing-tokha.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू ठूलठुला काण्डमा फसेको आरोप लगाएका छन् । रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् । 

एक कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरूले सुशासनको ठूलठुला कुरा गर्ने गरेको जिकिर पनि गरे । उनले पुरानो दलको बिरोध गर्नेहरूले नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाइरहेको बताए ।

उनले भने, ‘बन्ने, बनाउने एउटा पार्टी, बनिसकेपछि यहाँ ताण्डव नृत्य गर्नेहरू थुप्रै आइरहेका छन् । तर तपाई हामी सबैले एउटा के कुरा बुझ्नुपर्‍यो भने हामी पार्टीको क्षेत्रीय सम्मेलनमा उपस्थित भएका छौं । नेपाली कांग्रेस अरू पार्टीहरू जस्तो होइन । नेपालमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापना गर्नका लागि र प्रजातान्त्रिक पद्धति अनुसार यो देशमा सुशासन गरेर देशलाई अघि बढाउनु पर्छ, राष्ट्रलाई निर्माण गर्नुपर्छ । समाजको उत्थानको लागि नेपाली कांग्रेसले धेरै त्याग, तपस्या गरेर जनतालाई अधिकार दिलाउने काम गरेको पार्टी हो नेपाली कांग्रेस । त्यस कारण यो पार्टीको पहिचान अरू पार्टीको भन्दा बेग्लै छ भन्ने हामी सबैले बुझन जरुरत छ । भर्खर आएका छन् । ठूल्ठूला कुरा गर्छन् । र आफूले गर्नुपर्ने जिम्मेवारी केही पनि नगर्ने, अनि ठुलो दलले काम गरेन भनेर सुख पाइन्छ ? खै त भर्खर आएका पार्टीहरू भर्खर जन्मेको छ । ठूल्ठूला सुशासनका कुरा गर्दछन् । सुशासनका कुरा गर्ने नेताहरू कुन कुन काण्डमा फसिरहेका छन् भन्ने कुरा चाहिँ सबैले देखिरहेका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ