arrow

सुनको मूल्यमा आज नयाँ कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २५ आइतबार
gold-silver-final-2080.jpeg

 काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन रु एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय ७० निर्धारण भएको छ ।

शुक्रबार चाँदीको मूल्य रु एक हजार छ सय १५ मा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ