arrow

येलेनको भ्रमणका क्रममा चीनद्वारा अमेरिकासँग शुल्क र लगानी प्रतिबन्धप्रति चिन्ता व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
Janet L. Yellen.JPG

काठमाडौँ ।  चीनको अर्थ मन्त्रलायका अनुसार अमेरिकी अर्थमन्त्री जेनेट येलेनको चीन भ्रमणका क्रममा चीनले चिनियाँ कम्पनीहरूमाथि अमेरिकी प्रतिबन्ध, चिनियाँ सामानमा लगाइएको शुल्क र चीनमा लगानीमाथि प्रतिबन्धबारे अमेरिकी पक्षसँग स्पष्टरूपमा आफ्नो गम्भीर चिन्ता व्यक्त गरेको छ । 

अप्रिल ४ देखि ९ सम्मको येलेनको भ्रमण सम्बन्धमा प्रेस वार्तालाई सम्बोधन गर्दै अर्थ उपमन्त्री लियाओ मिनले अमेरिकाको यस्तो कारवाहीले चिनियाँ कम्पनी र जनताको वैध अधिकार तथा हितलाई नोक्सान पुर्याउने भन्दै अमेरिकी कम्पनी र जनताको भलाईका लागि पनि यो अनुकूल नभएको बताए । 

“चीनबाट अलग हुने प्रयास नगर्ने अमेरिकी भनाइको चीनले स्वागत गर्दछ र चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध रोक्नका लागि अमेरिकाले ठोस कदम चाल्नेछ भन्ने चीनले अपेक्षा गरेको छ”, उनले भने, “हरेक मुलुकको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने वैध आवश्यकता छ भन्नेबारेमा दुवै पक्षले विश्वास गर्छन् तर ‘राष्ट्रिय सुरक्षा’ को अवधारणालाई सामान्यीकृत गर्न हुँदैन र दुवै मुलुक र विश्वभर सामान्य व्यापार र लगानी आदानप्रदानका साथै औद्योगिक उत्पादन र आपूर्ति शृङ्खलाको स्थिरताका लागि कथित ‘विविधीकरण’ लाई कमजोर गर्ने बहानाका रूपमा प्रयोग गर्न हुँदैन भन्ने कुरामा चीनले जोड दिएको छ ।”

उनले यी मुद्दाका अतिरिक्त चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अमेरिकी अर्थमन्त्री येलेनबीच अन्य प्रमुख विषयमा पनि छलफल भएको बताए । उनका अनुसार उनहरूबीच दुवै मुलुकको व्यापक आर्थिक स्थिति, वैश्विक चुनौतीहरूको जवाफ र आपसी चिन्ताहरूको आदानप्रदानबारेमा छलफल भएको थियो । 

लियाओका अनुसार येलेनको भ्रमणका क्रममा चीन र अमेरिका दुई वटा नयाँ सहमतिको नतिजामा पुगेका छन् । सबैभन्दा पहिलो, दुवै मुलुकका वित्त विभागहरूले चीन–अमेरिकाको आर्थिक कार्य समूहको ढाँचामा दुई मुलुक र विश्वको सन्तुलित आर्थिक वृद्धिको मुद्दामा आदानप्रदानको नेतृत्व लिनेछन् । 

दोस्रो, पिपुल्स बैंक अफ चाइना र अमेरिकी ट्रेजरी विभागको नेतृत्वमा द्विपक्षीय वित्तीय कार्यसमूहको ढाँचाअन्तर्गत वित्तीय स्थिरता, दिगो वित्त, सम्पत्ति शुद्धीकरण र अन्य मुद्दामा निरन्तर छलफल हुनेछ । उनका अनुसार यी दुई कार्यदलको चौथो बैठक यसै महिनाको मध्यमा अमेरिकामा छुट्टाछुट्टै बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ