arrow

आगो निभाउने क्रममा घाइते थप दुई नेपाली सेनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
Nepal-army-logo.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । डोल्पाको ठूलीभेरी नगरपालिका ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीन जना नेपाली सेनाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको  छ । उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन् । यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो । 

रावलको जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने मगर र बुढाको काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको हो । 

घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको कीर्तिपुरमै उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ