arrow

न्यायाधीश शर्माको इजलासमा पुग्यो मुख्यमन्त्री खगराजको नियुक्ति बदर मागको रिट

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
khagaraj-adhikari-uml-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ । गण्डकी कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन् । उनले मुख्यमन्त्री बन्नका लागि सभामुख सहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । 

यसअघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरीत गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

सभामुखसमेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ