arrow

अहिलेसम्मकै महँगो भयो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्ने क्रम रोकिएको छैन । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । 

यता आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ