arrow

लोसपा पनि उभियो गृहमन्त्रीमाथि छानबिन समिति गठनको पक्षमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
ramprakash-chaudary.jpg

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको पक्षमा उभिएको छ । 

लोसपा   सांसद रामप्रकाश चौधरीले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले सहकारीबाट धेरै नागरिक पीडित भएको भन्दै तुरुन्त संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् । उनले २०७५ सालमा गोरे भन्ने व्यक्तिको नेतृत्वमा भएको ३८ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

त्यस्तै भेपमा सुन तस्करी प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै सो प्रतिवेदन पनि तुरुन्त सार्वजनिक गर्न माग गरे । उनले संसदीय छानबिन गरिराख्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने भए समिति बनाउनुको कुनै महत्त्व नभएको बताए ।

उनले भने – ‘संसद बारम्बार अवरोध गरेर समय समयमा संसदीय छानबिन र उच्च छानबिन बनाउने तर यसको प्रतिवेदन सार्वजनिक गरिएन भने यसको कुनै महत्त्व भएन । ०४७ सालपछिको सबै भ्रष्टाचार काण्डहरूको फाइल खोलियोस् भन्ने नेपाली कांग्रेस पार्टीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको । र रास्वपाको पनि सबै काण्डहरूको छानबिन गरियोस् भन्ने मागको हाम्रो पार्टीको पनि सोही माग रहेको जानकारी गराउँदछु ।’ 

उनले आफूहरू पनि २०४७ सालपछिको सबै भ्रष्टाचार काण्डहरूको फाइल खोल्ने पक्षमा रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ