arrow

संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छ- कांग्रेस [भिडियो]

खबरदारी गर्नु कांग्रेसको गल्ती भयो त ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
sushila-thing-12-28.jpg

काठमाडौँ। नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि संसदीय छानबिन समिति गठनको माग गरे पनि सरकारले बेवास्ता गरेको बताइन् । 

उनले आफूहरूको कुरा सुनुवाइ नभएका कारण संसद अवरुद्ध गर्न बाध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने बताइन् । उनले संसदीय छानबिन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रूपमा सरकारलाई खबरदारी गर्नु कांग्रेसको गल्ती भयो ? भनी प्रश्न समेत गरिन् ।

उनले भनिन् – ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखिरहेका छौँ । पर्सि एक महिना पुग्छ । एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानबिन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ । एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु कांग्रेसको गल्ती भयो त ?’

उनले नेपाली कांग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि संसद्मा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि संसद सुचारु भएपछि जहिले छलफल गरे पनि हुने बताइन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ