arrow

सुन तोलाको एक लाख ३६ हजार छ सय

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २९ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ््घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार छ सय निर्धारण भएको छ । 

यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ । 

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ