arrow

सिप्रदीद्वारा ट्राफिक प्रहरीलाई विद्युतीय गाडी व्यवस्थापन सम्बन्धी तालिम प्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३० शुक्रबार
sipradi-tata-ev-2024-traffic.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ्ग प्रालिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरूलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ। तालिममा विद्युतीय गाडी सम्बन्धी जानकारी, सुरक्षाका उपायहरू र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरूका बारेमा विस्तृत रूपमा जानकारी गराइएको थियो।

यही चैत्र ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरू सहभागी भएका थिए। तालिम पश्चात् सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरूलाई प्रमाणपत्र प्रदान गरे।

साथै यस कार्यक्रममा सहभागी भई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापन तालिम प्राप्त गर्नुहुने ट्राफिक प्रहरीहरूलाई सिप्रदीका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ