arrow

पचास वर्षपछि भारत–बंगलादेशबीच जमीन आदानप्रदान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
welcome-to-india.jpg

काठमाडौँ । भारत र बंगलादेशबीच ५० वर्षपछि जमीन आदानप्रदान भएको छ । बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमीन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमीन अधिग्रहण गरेको छ ।

भारतीय पक्षबाट बीएसएफ (सीमा सुरक्षा बल) र बंगलादेश पक्षबाट बीजीबी (बोर्डर गार्ड बंगलादेश) बीच झण्डा बैठकमा भूमि आदानप्रदान भएको थियो । भारत र बंगलादेशबीच सन् १९७४ मा जग्गा आदानप्रदानको सम्झौता भए पनि रानीशंकोईका विषयमा कुनै कारबाही भएन ।

बंगलादेशले भारतबाट प्राप्त गरेको जग्गालाई अब खस खटियाँ (सरकारी जग्गा) भनिनेछ । यसमध्ये ४८ दशमलव १२ एकड खेतीयोग्य, ६ दशमलव ८७ एकड चिया बगान र १ दशमलव ८७ एकड खेतीयोग्य छ । दुई देशबीचको भूमि आदानप्रदान सौहार्दपूर्ण रुपमा भएको बताइएको छ । 

बंगलादेशका अन्य ८ जिल्लामा जग्गा बाँडफाँटका लागि सर्वेक्षण प्रस्तावित छ । यसले दुई देशबीचको जग्गा बाँडफाँट गर्न अनुमति दिनेछ । 

सर्वेक्षणमा बीएसएफ, बीजीबीलगायत अन्य एजेन्सीहरू पनि संलग्न हुनेछन् । सर्वेक्षण वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ ।



लोकप्रिय समाचार
नयाँ