arrow

समुद्री डाकुले फिरौती तिरेपछि गरे पानीजहाज फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
indian-ocean-stratagies.jpg

काठमाडौँ ।  सोमालियाली समुद्री डाकुहरूले बङ्गलादेशको ध्वजाबाहक मालवाहक पानीजहाज र त्यसका चालक दलका २३ सदस्यलाई आइतबार बिहानै उद्धार गरेको कम्पनीले जनाएको छ ।
 
एमभी अब्दुल्लाह नामक सामान बोक्ने उक्त पानीजहाजलाई सोमालियाको मापुतोबाट संयुक्त अरब इमिरेट्स (युएई) तर्फ ५५ हजार टनभन्दा बढी कोइला बोकी जाँदै गर्दा दर्जनौं समुद्री डाकूहरूको एक समूहले मार्चमा सोमाली तटबाट करिब एक हजार किलोमिटर टाढाको क्षेत्रबाट  कब्जा गरेको थियो । 

यमनको इरान समर्थित हुथी विद्रोहीले पानीजहाजमा गरेको आक्रमणबाट जोगिन अदनको खाडीबाट अन्तर्राष्ट्रिय नौसैनिक बल रेड सीमा परिचालन गरिएसँगै सोमालियाली समुद्री डाकूको गतिविधिमा वृद्धि भइरहेका बेला जहाज नियन्त्रणमा लिइएको थियो । 
  
एमभी अब्दुल्लाहका मालिक केएसआरएम समूहले कार्गो जहाजका अपहरणकारीहरूसँग वार्ता गरी फिरौती तिरेपछि जहाज बङ्गलादेशको समयअनुसार आइतबार बिहान दुबईका लागि छुटेको थियो । 

“हामीले समुद्री डाकूहरूसँग सम्झौता गरेका छौं,” समूहको समुद्री शाखा एसआर शिपिंगका मिजानुल इस्लामले भने । 

“चालक दलका सबै सदस्य सुरक्षित छन् । पैसाको बारेमा हामी थप केही भन्न सक्दैनौं,” उनले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ