arrow

यस्तो छ सलमान खानमाथि आक्रमण गर्नेहरुको तस्बिर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
salman-khan-attackers.jpg

मुम्बई । आइतबार बिहान ५ बजे बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइको थियो । 

दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड फायर गरेका थिए । गोलीबारी हुँदा सलमान आफ्नै घरमा थिए ।

सो घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले सलमान खानसँग फोनमा कुरा गरेका थिए । शिन्देले मुम्बईका प्रहरी आयुक्तलाई सलमानको सुरक्षा बढाउन निर्देशन दिएका छन् । हाल अभिनेता खानको घरबाहिर सुरक्षा बढाइएको छ ।

एक भिडियोमा सलमान खानको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर आएको छ। जसमा दुवै आक्रमणकारीले गोली हानेको देखिन्छ । गोली चलाउनेहरुको तस्बिर पनि प्रहरीले सार्वजनिक गरेको छ ।

मुम्बई प्रहरी स्रोतका अनुसार गोली चलाइएको बन्दुक ७.६ बोरको थियो । फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट गोली फेला पारेका छन्। प्रहरीले आरोपीको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । फोरेन्सिक टोलीले यसको अनुसन्धान गरिरहेको छ ।

दुवै अभियुक्त राज्य बाहिरका हुन सक्ने र उचाई ५ ​​फिट ८ इन्च हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले सलमानको घरबाहिर राखिएका सबै सीसीटीभी क्यामेराको डीभीआर जफत गरेको छ ।

घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । घटनाको जिम्मेवारी लरेन्स बिश्नोई समूहले लिएको छ । एक फेसबुक पेजमा सो घटनाका बारेमा जिम्मेवारी लिएको सार्वजनिक भएको छ, जसमा सलमानमाथि भविष्यमा पनि आक्रमण हुनसक्ने लेखिएको छ । 

यद्यपि यस पोस्टको प्रहरीले पुष्टि गरिसकेको भने छैन । थप जानकारी प्रहरीले अझै दिएको छैन । यति मात्रै भनेको छ कि सो घटनाको अनुसन्धान भइरहेको छ ।  


 



लोकप्रिय समाचार
नयाँ