arrow

स्मिथ एन्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाई हरेक हप्ता १० हजार र बम्परमा एक लाख जित्ने मौका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३ सोमबार
esewa-newyear-offer-2081.jpg

काठमाडौँ । नयाँ वर्षसँगै रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत बैंक खाता, ईसेवा वालेट वा नगदमा  रेमिट्यान्स पठाई हप्तै पिछे १० हजार र बम्परमा एक जनाले एक लाख रुपैयाँ जित्ने मौका आएको छ । 

यो योजना नयाँ वर्षको दिनदेखि लागू भएर आगामी १५ जुलाईको राति १२ बजेभित्रसम्म मान्य हुने ईसेवाले जनाएको छ। ईसेवा मनि ट्रान्सफरले ग्राहकलाई सहज सेवा प्रदान गर्न प्रतिबद्द रहेको जनाउँदै विदेशबाट जुनसुकै माध्यमबाट पैसा पठाउन सकिने हुँदा सहज सुविधाको सुनिश्चितता पनि गरेको बताएको छ। 

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला भन्छन्, “ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरु जारी गर्दै सजह सेवा प्रदान गर्न प्रतिबद्धता छौँ । स्मिथ एन्ड स्मिथको साझेदारीमा यो योजना चालु भएसँगै अब रोमानिया बस्दै गर्नु भएका नेपालीहरुले ईसेवा मनि ट्रान्सफरमार्फत सहज रुपमा नेपाल पैसा पठाई अफरको फाइदा लिन सक्नुहुनेछ।“

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ