arrow

कांग्रेसले थाल्यो मोबाइल बैठक

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ वैशाख ३ सोमबार
congress-mobile-meeting-kav.jpg

कटुञ्जे  । नेपाली कांग्रेस काभ्रेले घुम्ती (मोबाइल) बैठक शुरु गरेको छ । प्रत्येक महिनाको २ गते नियमित बस्दै आएको जिल्ला कार्यसमितिको बैठक प्रत्येक स्थानीय तहमा बस्ने गरी निर्णय भएको हो । चैत २ गते जिल्ला कार्यालय बनेपामा बसेको बैठकले प्रत्येक स्थानीय तहमा घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सबै स्थानीय तहमा पुगेका त्यहाँको वस्तुस्थिति, पार्टी सदस्यको मनस्थिती, सांगठनिक अवस्थाका साथै जनप्रतिनिधीसंग अन्तरक्रिया गरी सल्लाह, सुझावसमेत संकलन गर्ने उद्धेश्यले घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले बताए ।

बैशाख महिनाको नियमित बैठक रोशी गाउँपालिका कार्यसमितिको व्यवस्थापनमा कटुञ्जेवेशीमा बसेको छ । बैठकले बाँकी रहेका क्षेत्र, स्थानीय तह र वडा सम्मेलन तत्काल सक्न निर्देशन दिएको छ ।

जिल्ला प्रतिनिधी नै खटाएर १ सय ३५ वटै वडामा सम्मेलन गर्ने निर्णय पनि नेपाली कांग्रेस काभ्रेले गरेको छ । जेठ महिनाको बैठक तेमाल गाउँपालिकामा गर्ने निर्णय बैठकले गरेको छ ।

२०८० चैत्र २४ गते नेपाली कांग्रेसका संस्थापक समेत रहेका प्रजातन्त्र सेनानी कोमलप्रसाद अधिकारीको निधन प्रति दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ