arrow

किशोर दुलालको समर्पण [भिडियोसहित]

logo
युवराज रेग्मी,  
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
samarpan-kishore-dulal.jpeg

गौरादह । कलाकार किशोर दुलालले आफ्नो श्रव्यदृश्य गीत समर्पण सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसर पारेर बैशाख १ गते दुलालले आफ्नो गीत समर्पण  सार्वजनिक गरेका हुन् । 

नेपाली समाजको वास्तविक अवस्थाको चरित्र चित्रण गरिएको गीतमा समाजमा हुँदै आएका घटनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 

प्रायः नेपाली समाजमा श्रीमान्को मृत्युपछि महिलाले जीवनभर विधवा रहेर दिवंगत श्रीमान्का परिवारको हेरचाह गर्दै वियोगपूर्ण जीवन बिताउने गरेको पाइन्छ ।

त्यसको ठीक विपरीत श्रीमतीको मृत्यु भएमा श्रीमान्ले वर्ष दिन पनि नबित्दै अर्की भित्र्याउने र विगत बिर्सेर नयाँ जीवनमा रमाउने गरेको पाइन्छ । 

झापा गौरादहका कलाकार दुलालको यो गीतमा भने एक पुरुष श्रीमतीको मृत्युपछि तिनै दिवंगत जीवन संगिनीको सम्झनामा विछोडको पीडामा तड्पिदै रुँदै गरेको अवस्थालाई चरित्र चित्रण गरिएको छ ।

गौरादह नगरपालिका ३ का स्थानीय दुलाल काठमाडौँ बानेश्वरस्थित युनिक एजुकेसन कर्नरका निर्देशन हुन् । प्रविन थापाद्वारा निर्देशित उक्त गीतमा कलाकारहरू अनु साह, किशोर दुलाल, रोशन भुसाल, नवराज भट्टराई लगायतले जीवन्त अभिनय गरेका छन् । 

पवन रानाभाटको संयोजन तथा रेकर्डमा उक्त गीत धादिङ जिल्लाको धुनिवेशी नगरपालिकास्थित धुलिखेल अस्पतालको धुनिवेशी शाखा परिसर लगायतका स्थानमा छायाँकन गरिएको छ । 

साथै फाइन ट्युनले उक्त गीत बजारमा ल्याएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ