arrow

सुनको भाउ तोलामा एक लाख ३९ हजार दुई सय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ