- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मुम्बई । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा बिक्री भएको छ ।
अब ‘पुष्पा २’ ले रिलिज अघि मात्रै १००० करोड रुपैयाँ कमाउने खबर छ । कोइमोइ डटकमको रिपोर्ट अनुसार ‘पुष्पा २’ को हिन्दी डब गरिएको थिएटर राइट्स २ सय करोड, साउथ इन्डियन थिएटर राइट्स २७० करोड र ओभरसीज राइट्स १०० करोडमा बिक्री भएको छ ।
त्यसपछि यसको डिजिटल अधिकार २७५ करोड रुपैयाँमा बेचिनेछ । र स्याटेलाइट, अडियो र संगीत अधिकारहरू ४५० करोड रुपैयाँमा बेचिने छ। यी सबैलाई एकसाथ लिने हो भने ‘पुष्पा २’ को रिलिज अघिको व्यापार १००० करोड रुपैयाँ पुगेको छ ।