arrow

तस्करी गर्दै आएका रुन्चेको जय माँ दुर्गा क्यारियरमा छापा, ६६ लाखको अवैध सामान बरामद 

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ वैशाख ९ आइतबार
madan-gupta-runche-illegal-goods.jpg

वीरगञ्ज । वीरगञ्जको मुख्य भन्सार नाकाबाट तस्करी गर्दै आएको मदन गुप्ता उर्फ रुन्चेको गोदाममा एक महिनाको अवधिमा दुई पटक प्रहरीले छापामारी  लाखौँ रुपैयाँको तस्करीको सामान बरामद गर्दा पनि वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीहरूले कतै जवाफ दिनु परेको छैन ।

गत चैत ८ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले मदन गुप्ताको जय माँ दुर्गा क्यारियरमा छापामारी २० लाखको कपडा लगायतका सामान बरामद गरी भन्सार चोरी पैठारी सम्बन्धी कसूरमा मदन गुप्ताको नाम उल्लेख गरी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले कारबाही अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा प्रहरी प्रतिवेदन पठाउन लगाएको भएता पनि कुनै कारबाही अगाडि नबढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली दिन प्रतिदिन अधोगतितर्फ उन्मुख रहेको कार्यालयका एक कर्मचारी बताउँछन् । उनका अनुसार तस्करहरुसँग साँठगाँठ गरी एउटै प्रज्ञापन पत्रबाट कयौँ पटक ट्रकका ट्रक सामान पठाउने क्रम रोकिएको छैन ।

भन्सारको मूल नाकाबाट तस्करी गरी ई–रिक्सामा सामान ल्याइरहँदा इदगाह चौकबाट पिछा गर्दै आएको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलीले शनिबार पुनः मदन गुप्ताको जय माँ दुर्गा क्यारियरमा छापामारी गरेर ६६ लाखको काजु, कपडा,भाँडाकुँडा, ग्याँस चुल्हो लगायतका सामग्री फेला पारेको छ ।

हाम्राकुरासँग कुरा गर्दै वीरगञ्ज भन्सारमा खटेका प्रस्तावित सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले आफूले वीरगञ्जको मुख्य सडक इदगाह चोकबाट ई–रिक्सालाई पछ्याउँदै गएर गोदाममा सामान अनलोड गर्दा गर्दैको अवस्थामा छापा मारेर सामान बरामद गरेको बताए ।

मदन गुप्ता उर्फ रुन्चे पटक–पटक प्रहरीको कारबाहीमा पर्दै आएको भएता पनि राजनीतिक पहुँचको आधारमा उन्मुक्ति पाउँदै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ