arrow

कतारका अमिर पहिलोपटक नेपाल भ्रमणमा आउँदै

फिलिपिन्स, बङ्गलादेश हुँदै मंगलबार नेपाल आइपुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
Tamim-bin-Hamad-Al-Thani-.jpg
तस्बिर फाइल

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पहिलोपटक नेपाल भ्रमणमा आउँदै छन् । कतारका अमिरले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कने तथा त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन्। 

कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ