arrow

मध्यपूर्वमा संकट अन्त्य गर्न टर्किए र इजिप्टका विदेशमन्त्रीको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
middle-east-map.jpg

काठमाडौँ । टर्किए र इजिप्टका विदेश मन्त्रीहरूले मध्य पूर्वमा सैन्य टकराब र सम्भावित संकट ठुलो क्षेत्रमा फराकिलो हुनसक्ने भन्दै तत्काल कारबाहीको आवश्यकतालाई जोड दिएका छन् ।

 हालको क्षेत्रीय चुनौती र द्विपक्षीय सम्बन्धबारे छलफल गर्न हकान फिदान र समेह शौकरीले टर्किएको इस्तानबुलमा भेट गरेका थिए । 

उनीहरूले मध्य पूर्वमा संकट निम्तिनसक्ने भन्दै सुधारको कारबाही अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । इजिप्टका विदेश मन्त्रीले इरान र इजरेलबीचको तनावले गाजाको दुःखद अवस्था आएको बताए । 

अन्तर्राष्ट्रिय समुदायको ध्यान यस क्षेत्रलाई सहयोग पुर्‍याउने हुनुपर्ने बताए । शौकरीले गाजासँग मानवीय सहायताका लागि छ वटा इजरायली क्रसिङहरू तत्काल खोल्न आह्वान गर्दै बन्द गर्नु अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ