arrow

इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३४ हजार नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जारी इजरेली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या ३४ हजार नाघेको बताएको छ । 

मन्त्रालयले एक विज्ञप्तिमा इजरेली सेनाले गत २४ घण्टामा ४२ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ६३ जना घाइते भएको बताएको छ ।

जसबाट इजरेल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्युको संख्या ३४ हजार १२ पुगेको छ । 

साथै ७६ हजार ८३३ घाइते भएका छन् । केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । 

इजरेली सेनाले गत हप्तामा सय भन्दा बढी पूर्वाधारहरू नष्ट गरेको छ । ४० भन्दा बढी आतङ्कवादी लाई हवाई हमला मार्फत मारेको इजरेलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ