arrow

इलाम-२ पुगेर प्रदीप भन्छन् : यो नेपालको राजनीति दिशानिर्देश गर्ने चुनाव हो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
pradip-poudel-81-01-09.jpg

इलाम । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल  इलाम-२ मा आफ्नो पार्टीका उम्मेदवार डम्बर खड्कालाई जिताउन इलाम पुगेका छन् । सो क्रममा इलामको सभालाई सम्बोधन गर्दै पौडेलले बैशाख १५ को उपनिर्वाचनलाई देशकै राजनीतिको दिशानिर्देश गर्ने निर्वाचन भएको भन्दै आम जनतालाई विशेष सजग हुँदै मताधिकार प्रयोग गर्न आह्वान गरेका छन् ।

उनले भने,‘यो उपनिर्वाचन सरकार बनाउन र भत्काउन महत्वपूर्ण होइन तर यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो ।' उनले थपे, 'यो कस्तो सिद्धान्त बोक्नेलाई जनताले अबको नेतृत्व गर्न योग्य छ भनेर निर्देश गर्ने निर्वाचन हो ।’

उनले थपे,‘यो निर्वाचन सामान्य उपनिर्वाचन मात्रै होइन । यो नेपालको राजनीतिक दिशा निर्देश गर्ने पूर्व जानकारी को एउटा संकेत पनि हो ।’

इलाम-२ मा सम्पूर्ण नेपालीको ध्यान केन्द्रित भएको भन्दै पौडेलले देशलाई जिम्मेवार ढङ्गबाट अघि बढाउने सिद्धान्त बोक्नेहरुको जित आवश्यक रहेको र यसका लागि डम्बर खड्का उपर्युक्त उम्मेदवार रहेको दाबी गरे ।

पौडलले भने,‘यो निर्वाचनमा सिङ्गो देशको ध्यान केन्द्रित भएको छ । सबै राजनीतिक दलहरु यो निर्वाचनलाई आगामी दिनको राजनीति कसरी अघि बढ्छ भन्ने अनुमान गरेर लागि परेका छन् । मिडिया, सञ्चार माध्यमहरुले पनि यो निर्वाचन बाट आउने परीणामले देश कस्तो सिद्धान्त बोक्नेहरुको मनोबल बढ्छ भनेर प्रचार प्रसार गरिरहेका छन् । बुद्धिजीवीदेखि आम नागरिक सम्म यो निर्वाचनले देशको ध्यान केन्द्रित गरेको छ र यो निर्वाचनको परिणामले यो देशलाई कुन मोडमा लैजान्छ भनेर बहस गरिहरेका छन् । त्यसैले यो उपनिर्वाचन हाम्रो देशको आगामी दिनको संकेत गर्ने एउटा महत्वपूर्ण घडी हो ।’

उनले थपे, ‘त्यसले यो निर्वाचनमा कसलाई जिताउने भन्ने अधिकार यहाँका आम नागरिकमा छ । तपाईंले हाल्ने एउटा भोटले एउटा प्रतिनिधि मात्रै छनोट गर्दै हुनुहुन्न, यो देश कुन सिद्धान्तले अघि बढोस् भन्ने निर्णय पनि गर्दै हुनुहुन्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ