arrow

राजा बुढो भएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
norwaynews.jpg.jpeg

काठमाडौँ । करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्कि‍एका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले आफ्नो वृद्ध उमेर कमजोर स्वास्थ्य अवस्थाका कारण कामको बोझ घटाउन लागेको राजदरबार स्रोतले जनाएको छ ।

युरोपका सबैभन्दा वृद्ध राजा ह्याराल्ड गत फेब्रुअरीको अन्त्यतिर मलेसियाको लाङकावी टापुमा बिदा मनाउन गएका बेला अस्वस्थ बनेका थिए ।

उनलाई नर्वेको मेडिकल ट्रान्सपोर्ट फ्लाइटमा फर्काइएको थियो र मलेसियामा जडान गरिएको अस्थायी पेसमेकरको सट्टा स्थायी पेसमेकर जडान गरिएको थियो ।

दरबारले भनेको छ, “राजा ह्याराल्ड स्वदेश फर्कन पाउँदा र आफ्नो जिम्मेवारीमा फर्कन पाउँदा खुसी छन् ।” 

यद्यपि, ‘गतिविधिको सङ्ख्या र दायरामा स्थायी रूपमा कमी आएको’ भन्दै राजाले आफ्नो उमेरलाई ध्यानमा राख्दै आफ्नो तालिकामा समायोजन गर्ने बताइएको छ ।

सन् १९९१ देखि राजगद्दी सम्हालिरहेका ह्याराल्ड बैशाखीको भरमा सामान्य हिडडुल गर्छन् । हालैका वर्षहरूमा उनले एकपछि अर्को गर्दै स्वास्थ्य समस्याहरूको सामना गर्नुपरेको छ । 

उनले डेनमार्कमा रहेकी आफ्नी ८३ वर्षीया नातिनी महारानी मार्ग्रेथ द्वितीयको नेतृत्व पछ्याउने र राजगद्दी त्याग्ने अड्कलबाजीलाई अस्वीकार गरेका छन् । 

राजा ह्याराल्डको अनुपस्थितिमा ५० वर्षीय युवराज हाकोनले राजकीय जिम्मेवारी सम्हाल्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ