arrow

लोकतन्त्र दिवस मनाइँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
loktantra-diwas-subhakamana.jpg

काठमाडौँ । आज बैशाख ११ गते १८औँ लोकतन्त्र दिवस । २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागअनुसार २०५९ मा विघटित संसद् पुनःस्थापना गरेका थिए ।

जनताको विजय भएको खुशीयालीमा २०६४ सालदेखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । २०६१ माघ १९ गते ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीबीच २०६२ को मंसिरमा १२ बुँदे समझदारी भएपछि चैतदेखि दोस्रो जनआन्दोलन चर्किएको थियो ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनको १९ दिने उत्कर्षका कारण बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र संसद् पुनःस्थापना गर्न बाध्य भएका थिए । 

उनले संसद्को बैठकसमेत आह्वान गरे । यही दिनलाई लोकतन्त्र दिवस भनिएको हो । २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । 

बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो । २०६४ चैत २८ गते पहिलो संविधान सभा निर्वाचन भयो । 

संविधान सभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको अन्त्य गर्यो । २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधान सभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । 

यसरी दोस्रो जनआन्दोलनले गणतन्त्रको जग बसालेको भए पनि अहिलेसम्म गणतन्त्र संस्थागत हुन सकेको छैन । संविधानको पूर्णपालना हुन सकेको छैन । विकासले गति लिन सकेको छैन । 

सुशासनको पालना हुन सकेको छैन । भ्रष्टाचार रोकिन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ