arrow

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
sipridi-tata-max-change-mela.jpg

काठमाडौँ। नेपालका लागी टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ। यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ। 

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो। मेला यही वैशाख १४ गतेदेखि १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आई फोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन्।

यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँ टाटा नेक्सन इभी म्याक्स खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ