arrow

लगातार घट्दो क्रममा सुनचाँदीको भाउ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १३ बिहिबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार दोस्रो दिन पनि घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो ।  

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ