arrow

मुम्बई मुस्किलमा, दिल्ली रोमाञ्चक जितसहित अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
ipl-2024-delhi-rhisav-.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले प्लेअफ सम्भावना बनाएको छ । शनिबार बेलुकी मुम्बई इन्डियन्समाथि १० रनको रोमाञ्चक जित हासिल गरेसँगै दिल्ली प्लेअफको दाबेदार बनेको हो । 

खेलमा पहिले ब्याटिङ गर्दै दिल्लीले ४ विकेटको क्षतिमा २५७ रन बनायो । ज्याक फ्राजर म्याकगुर्कले २७ बलमा ८४ रन बनाए । त्यस्तै ट्रिस्टन स्टुब्सले २५ बलमा अविजित रहँदै ४८, शाइ होपले १७ बलमा ४१ तथा अभिषेक पोरेलले २७ बलमा ३६ रन जोडे । जवाफमा मुम्बईले ९ विकेटको क्षतिमा २४७ रन बनाउन सक्यो । 

तिलक वर्माले ३२ बलमा ६३, कप्तान हार्दिक पाण्डेयाले २४ बलमा ४६ तथा  टिम डेभिडले १७ बलमा ३७ रन जोडे । 

मुकेश कुमार र रसिख सलामले ३–३ विकेट लिए । यो हारसँगै मुम्बईको प्लेअफ पुग्ने सम्भावना असम्भवजस्तै बनेको छ । 

अंक तालिका
८ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स १० खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

लखनउ सुपर जाइन्टस ८ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । दिल्ली क्यापिटल्स १० खेलमा १० अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

चेन्नई सुपर किंग्स ८ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा छ । 

गुजरात टाइटान्स ९ खेलबाट ८ अंकसहित सातौँ स्थानमा छ । पञ्जाब किंग्स ९ खेलबाट ६ अंकसहित आठौँ स्थानमा रहेको छ । मुम्बई इन्डियन्स ९ खेलबाट ६ अंकसहित नवौँ स्थानमा छ । पुछारको रोयल च्यालेन्जर्स बैंगलुरूको ९ खेलबाट ४ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ