arrow

इलाम २ को मतगणनाः सर्वदलीय र पक्षीय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
byelection-2081-ballety.jpg

इलाम । इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनको मतगणना आज बिहानबाट शुरु हुँदैछ । त्यसका लागि बिहान ७ बजे सर्वदलीय र पक्षीय बैठक राखेर मात्रै मतगणना शुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् । 

यसअघि गएराति १० बजे बैठक बसेर मतगणना थाल्ने जनाइएको भए पनि मतपेटिका आइपुग्न ढिलाइ भएका कारणले ७ बजेका लागिमात्र बैडक बोलाइएको छ । 

शनिबार भएको निर्वाचनमा इलाम २ मा ५९.७९ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६९ हजार २८७ मत खसेको छ । 

इलाम २ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । शान्तिपूर्ण रुपले सम्पन्न भएको चुनावमा एमालेका सुहाङ नेम्बाङ, नेपालीकांग्रेसका डम्बरबहादुर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । 

यता निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको आरोपमा रास्वपाका लिम्बूलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ