खनियाको एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १६ आइतबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।
सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन् ।
सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा शुरु गरेका खनियाले सन् २०१० मा तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए । तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेतृत्वदायी भूमिकामा रही बैंकको व्यावसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिएका खनिया हाल बैंकको स्ट्राटेजिक पर्फमेन्स म्यानेजमेन्ट इकोसिस्टम–एक्सपिरियन्स एसुरेन्स इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैंकको विभिन्न विभागहरु तथा इकोसिस्टमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै बैंकको ट्रान्सफरमेस्नल जर्निमा अतुलनीय योगदान दिई आफ्नो सफल जिम्मेवारी निर्वाह गरेका खनियालाई बैंकले दिएको यस नयाँ जिम्मेवारीले बैंकलाई थप उचाई हासिल गरी, उच्च व्यवसायिक सफलता प्राप्त गर्न योगदान गर्ने छ भन्ने पूर्ण विश्वासका साथ वहाँलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौँ ।’