arrow

सुन तोलामा चार सयले घट्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
gold-silver-final-2080.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि आइतबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यता सोमबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार तेजाबी सुनको मूल्य १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार प्रतितोला ४ सय रुपैयाँले सुनको भाउ बढेको थियो।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ