arrow

बाँध फुटेपछि कम्तीमा ४२ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
kenya-physical-map.jpg
तस्बिर-फाइल

माई महिउ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताएका छन् ।

पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।

बाँध फुट्दा ४२ जनाको मृत्यु भएको अस्पष्ट अनुमान गरिएको छ, अहिले पनि धेरै मानिस माटोमा छन्, हामी पुनःप्राप्तिका लागि काम गरिरहेका छौँ”, नाकुरु काउन्टीका गभर्नर सुसान किहिकाले भने । 

माई महिउको रिफ्ट भ्याली सहर नजिकैको बाँध फुटेर घर तथा सडकलाई बगाएको छ । यसअघि अधिकारीहरूले केन्यामा मार्चयता ७६ जनाले ज्यान गुमाएको जानकारी दिएका थिए ।

सामान्यभन्दा भारी वर्षाले पूर्वी अफ्रिकामा एल निनो मौसमको ढाँचाले जटिल बनाएको थियो।

सन् २०१८ मेमा भीषण वर्षा र बाढीको बेला नाकुरु काउन्टीको सोलाईमा पनि बाँध फुट्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ