arrow

विश्वकप अगाडि सबैलाई अवसर दिइयो– रोहित पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
rohit-poudel-dipendra-81-01.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेष्ट इन्डिज ‘ए’ सँग बुधवारको खेलका केही खेलाडीलाई अवसर दिएको बताएका छन् ।

बुधवारको तेस्रो खेलमा नेपालले नियमित कप्तान रोहितसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ ११ मा समावेश गरेको थिएन । हारपछि कप्तान रोहितले विश्वकप अगाडि सबै खेलाडीलाई प्रयोग गरिएको र सोहीअनुरूप केही नयाँ खेलाडीलाई अवसर दिइएको बताए ।

सबैको आग्रह राम्रो गर्ने खेलाडीलाई टोलीमा राख्नुपर्छ भन्ने रहेको र सोहीअनुरूप यो शृङ्खलामा धेरै खेलाडीलाई अवसर दिइएको रोहितले उल्लेख गरे । उनले विश्वकपमा ध्यान दिन र आराम गर्न आफू बिहीबारको खेलमा विश्राम लिएको उल्लेख गरे । 

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेट नेसनका रूपमा नेपाललाई स्थापित गर्न स्पष्ट भिजन आवश्यक हुने बताए । सोहीअनुरूप नेपाली क्रिकेटको व्यवस्थापकसँग लगातार छलफल भइरहेको र वेष्ट इन्डिज ‘ए’ सँगको शृङ्खला राखिएको बताए । 

नेपाल वेष्ट इन्डिजविरुद्धको पाँच शृङ्खला मध्ये दुईमा पराजित भएको छ । आज चौथो खेल हुँदैछ । 

क्यानले ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरिसकेको छ । रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, कमलसिंह ऐरी र सागर ढकाल छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ