arrow

रोनाल्डोको ह्याट्रिकमा अल नासरको आधा दर्जन गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २३ आइतबार
ronaldo-24-05-05.jpg

काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले अल वेहडालाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । त्यस्तै ओटाभियो, साडियो माने र मोहमद अल फाटिलले एक एक गोल गरेका थिए ।

रोनाल्डो यस सिजनको लिगमा अहिलेसम्म कुल ३२ गोल गर्दै लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले यस सिजनको लिगमा सबैभन्दा बढी ४ ह्याट्रिक गरेका छन् । 

यो जितसँगै अल नासर ३० खेलमा ७४ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस सिजनमा अल हिलाल अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ । त्यसैगरी अल वेहडाको भने ३० खेलमा ३२ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ