arrow

चट्याङबाट ७३ को मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
lightning-always.jpg

काठमाडौँ ।म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४ मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्माले देशभर कूल ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् ।

यस अवधिमा देशभर चट्याङबाट हताहतको सङ्ख्या हावाहुरीका कारण हुने हताहतको सङ्ख्याभन्दा बढी रहेको छ ।

म्यान्माकोको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको सङ्ख्या कम गर्न यसको सुरक्षाको बारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ